कास्कीमा बस दुर्घटना पच्चीस घाइते

इनेप्लिज २०७२ मंसिर १७ गते १२:१७ मा प्रकाशित

Road Accidentकास्की, १७ मङ्सिर । पोखराबाट बेनी जाँदै गरेको यात्रुबाहक बस कास्कीको नयाँपुल नजिकै आज बिहान दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बागलुङ–पोखरा सडकखण्डअन्तर्गत कास्कीको सल्यान गाविस–९ नजिकै नयाँपुलको घुम्तीमा ग १ ख ३७९६ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको थियो ।

घाइतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया