म्याग्दीमा छ हजारभन्दा बढी अपाङ्गता

इनेप्लिज २०७२ मंसिर १७ गते २:३८ मा प्रकाशित

apangaम्याग्दी, १७ मङ्सिर । म्याग्दीमा नेपालमै सबैभन्दा बढी फरक क्षमता भएका व्यक्तिहरु बसोबास गर्दै आएका छन् । जिल्लामा छ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला विकास समिति म्याग्दीको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी सबैभन्दा धेरै फरक क्षमता भएकाहरु म्याग्दी जिल्लामा रहेको अपाङ्ग सङ्घ म्याग्दीले जनाएको छ । त्यसैगरी सङ्घको समन्वयमा महिला तथा बालबालिका कार्यालय म्याग्दीले विभिन्न चार प्रकारका अपाङ्गता परिचयपत्र दुई हजार ७०० जनालाई दिएको छ ।

जिविस म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले अपाङ्गता भएकालाई समुदायका सचेत वर्गले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ह्विलचियरको सहायतामा हिँडडुल गर्न सक्नेलाई ह्विलचियर, सेतो छडीको सहयोगको आवश्यकता पर्नेलाई सेतो छडी र बे्रललिपिको सहयोगमा अध्ययन गर्न सक्नेलाई ब्रेललिपि उपलब्ध गराई सहयोग गर्नुपर्ने भन्दै त्यसका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया