प्रधानमन्त्रीको प्रेस संयोजकमा अधिकारी नियुक्त

इनेप्लिज २०७२ मंसिर १६ गते १४:४६ मा प्रकाशित

Chetan-Adhikariकाठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त हुनुभएको छ ।

विसं २०५२ देखि पत्रकारितामा आबद्ध झापा जिल्ला दमक नगरपालिका १० निवासी अधिकारीलाई विशिष्ट श्रेणी (सचिव) सरहको सुविधासहित आज नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आमसञ्चार तथा पत्रकारिता र जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ कान्तिपुर दैनिकको झापा समाचारदाता हुनुहुन्थ्यो । उहाँले स्पेसटाइम, गोरखापत्र दैनिकमा पनि काम गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रमोद दाहाल नियुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया