बन्द गर्न खोज्ने तीन पक्राउ

इनेप्लिज २०७२ मंसिर १३ गते ४:१५ मा प्रकाशित

Chitwan_district_locationचितवन, १३ मङ्सिर । नेकपा माओवादी नेत्रविक्रम चन्द समुहले आह्वान गरेको नेपाल बन्दका क्रममा आज बिहान नारायणगढबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाडीमा ढुङ्गा हान्न खोज्दा तिनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार माइक्रोबसको साँचो खोस्ने र ढुङ्गा हान्ने प्रयास गर्दागर्दै ढुङ्गासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा पार्टीको क्षेत्र नं ३ का सेक्रेटरी भीमबहादुर खड्का र विद्यार्थीहरु नयनसिंह खड्का र केशव भट्टराई रहेका छन् ।

माओवादीका जिल्ला सेक्रेटरी महेश थारुले भारतीय गाडी लक्षित गरिएको भए पनि नेपाली सवारी साधन भने तोडफोड नगरी रोक्ने काममात्रै भइरहेको बताउनुभयो । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया