सुदूरपश्चिममा पनि अत्यावश्यक औषधिको अभाव

इनेप्लिज २०७२ मंसिर १२ गते ७:०९ मा प्रकाशित

Medicineधनगढी, १२ मङ्सिर । सुदूरपश्चिमका कैलाली लगायतका जिल्लामा रहेका स्वास्थ्य संस्थामा केही दिन यतादेखि अत्यावश्यक औषधिको अभाव भएको छ ।

औषधिको अभावसँगै बिरामीको सहज उपचारमा समस्या सिर्जना भएको सेती अञ्चल अस्पताल आकष्मिक कक्षका प्रमुख कृष्ण बोहराले बताउनुभयो ।

सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका अधिकांस औषधिसमेत स्वास्थ्य संस्थाहरुमा सकिएको बताइएको छ ।

आफ्नो उमेरमा बेला बखत अन्य बस्तुको अभाव देखेको भएपनि औषधि अभावको समस्या कहिल्यै झेल्नु नपरेको शुक्रवार स्थानीय पसलवाट औषधि नपाएर फर्किदै गरेका स्थानीय चेतराज भट्टले गुनासो सुनाउनुभयो ।

औषधिको बिक्रेता साझा स्वास्थ्य सेवा धनगढीका प्रमुख उपेन्द्र हुमागार्इँले रक्त चाप, मधुमेह, नसा, र ईमर्जेन्सिलगायतका जीवन रक्षक औषधि सकिएको बताउनुभयो ।

‘अहिलेसम्म जहाँबाट सकिन्छ त्यहाँबाट ल्याएर औषधि बिक्री बितरण गथ्र्यौं, हुमागार्इँले भन्नुभयो, केही दिनदेखि भने औषधि सकिदा समस्या भएको छ ।‘

मधेसमा जारी आन्दोलनका कारण वीरगन्जमा थन्किएको औषधिको ढुवानी हुन नसक्दा सुदूरपश्चिममा समेत औषधिको अभाव भएको हुमागार्इँले बताउनुभयो ।

सुदूरपश्चिममा साझा स्वास्थ्य सेवाले मात्रै वार्षिक रु चार करोडभन्दा बढीको औषधि बिक्री गर्ने गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले अभाव भएका औषधिको सूचि उपलब्ध गराई दिन शुक्रबार औषधि व्यवसायी सङ्घ कैलालीसँग आग्रह गरेको छ ।

प्रतिक्रिया