दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ मंसिर १२ गते ४:४४ मा प्रकाशित

Road Accidentसुन्दरदुलारी (मोरङ), १२ मङ्सिर । मोरङको हात्तीमुडामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते अर्का एकजनाको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिहान ६:३० बजेतिर इटहरीबाट विराटनगर आउँदै गरेको ना२ख ७२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रिक्सालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा रिक्सा चालक मोरङ हात्तीमुडा–८ का ४५ वर्षीय लत्रु माझीको मृत्यु भएको प्रहरीले बताएको छ । सोही रिक्सामा सवार मृतककी श्रीमती अन्दाजी ३५ वर्षीया मुन्टीदेवी माझी गम्भीर घाइते भएकी छिन् ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया