जर्किनको पेट्रोल छर्केर आगो लगाउँदा एक जना घाइते

इनेप्लिज २०७२ मंसिर १० गते १४:१६ मा प्रकाशित

Rss_Images_1448539708048_GP-pathariya(morang- ghaite Upcharविराटनगर, १० मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज जर्किनको पेट्रोल छर्केर आगो लगाइदिँदा एक जना गम्भीर रुपले जलेका छन् ।

मोरङ भातिगछ–७ बस्ने २८ वर्षीय बब्लु राजवंशी जलेर घाइते भएको जिल्लाको प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको दुईटै घुँडा तथा छाती जलेको छ । गम्भीर अवस्थामा उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको छ ।

जर्किनमा पेट्रोल राखी को१प २४५० नम्बरको मोटरसाइकलबाट आइरहेको समयमा भातिगछ–२ मा मोर्चाका तीन जना कार्यकर्ताले जर्किनमा छुराले प्रहार गरेका थिए । छुरा प्रहारबाट पेट्रोलको केही अंश राजवंशीको शरीरमा परेपछि सो घटना भएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभयो ।

आगजनी गर्ने स्थानीय अजय साह, जुगेश्वर मुखिया र जितेन्द्र मुखियाको संलग्नता पुष्टि भएको र उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया