सत्ताइस बोतल कोरेक्स बरामद

इनेप्लिज २०७२ मंसिर ६ गते २:१४ मा प्रकाशित

pali-hindi-news-37महोत्तरी, ६ मङ्सिर । महोत्तरीको गौशालामा प्रहरीले कोरेक्स बरामद गरेको छ । शनिबार गौशाला नगरपालिका– ११ स्थित मावि निगौलको अगाडिबाट प्रहरीले २७ बोतल कोरेक्स बरामद गरेको हो ।

भारतीय बजार कन्हवाँबाट गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ज६प ९७४६ नंको मोटरसाइकलको डिक्कीमा राखिएको अवस्थामा सो परिमाणको कोरेक्स बरामद गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सो स्थानमा रहेका मोर्चाका कार्यकर्ताले मोटरसाइकल रोकी चेकजाँच गरेपछि मोटरसाइकलमा सवार रहेका दुईजना व्यक्ति भागेका थिए ।

मोर्चाका कार्यकर्ताले प्रहरीलाई खबर गरी मोटरसाइकल तथा कोरेक्स आवश्यक कारबाहीका लागि जिम्मा लगाएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया