तमु ल्होछार यस बर्ष भव्यताका साथ मनाइने

इनेप्लिज २०७२ मंसिर ५ गते १३:०६ मा प्रकाशित

logo of losar

तमु जातिको महानपर्व ल्होछार पर्व यस बर्ष ‘तो ल्होछार’ यही पुस १४, १५ र १६ गते भव्य रुपमा मनाइने भएको छ । नर्दन क्यालिफोर्निया तमु समाजले तो ल्होछार विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

हरेक बर्ष झैं यस बर्ष पनि समाजले यस बर्ष पनि भव्य रुपमा मनाउने  तयारी शुरु गरेको छ । तो ल्होछारमा हुने विशेष कार्यक्रममा मनोरञ्जनका लागि लोकदोहोरी गायिका शिला आले पनि बे एरियामा आउनु हुने भएको छ । कार्यक्रममा बे एरियामा रहेका भाईबहिनीहरुको जोडदार नृत्य प्रस्तुत गरिने समाजले जनाएको छ । भोजनका लागि यसपालि सेल रोटी, खसीको मासु समेत पकाएर दिने जनाउँदै समितिका सदस्य नारायणी तमु र थम तमु लगायतका व्यक्तिहरु लागिपर्नु भएको समाजले जनाएको छ । समाजका सभापति राजकुमार तमुले उक्त विशेष कार्यक्रममा सहभागी भई कार्यक्रम भव्यताका साथ सफल बनाई दिन हुनका लागि बे एरियावासी सम्पूर्ण तमु दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक आह्वान गर्नुभएको छ ।

विशेष गरि मंगोल मूल जाति तथा जनजातिहरुले ल्होछार मनाउने गर्छन । नेपालका गुरुङ, थकाली, शेर्पा, , दुरा, थामी, ह्याल्मो, तामाङ, जिरेल लगायतका जातजातिले ल्होछार मनाउने गर्छन । हाल  नेपालमा विशेष गरि प्रचलित ल्होसार, ल्होछार, सोनाम ल्होछार र ग्याल्पो ल्होसार गरी तीन प्रकारका पर्वहरु हुन् । तमु जातिको भाषा, संस्कृति, भेषमुषा, संस्कार रपरम्पराको महत्व र यसको प्रचलनबारे भावी पिँढीलाई सही र तथ्य कुरा र परम्परालाई उचित तरिकाले प्रयोग गर्न सिकाउनका लागि नर्दन क्यालिफोर्निया तमु समाजले प्रत्येक बर्ष ल्होछारको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ ।

Date :-  9th January ( 2nd Saturday of january )
Time :- 6 PM to 11.30
Venue :- 1111 Gough St,  San Francisco ( Gough St and Geary St)
Ticket :- $ 20 ( Door)
Under 5 Years Free

प्रतिक्रिया