करेन्ट लागेर एक जनाको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २९ गते १४:३७ मा प्रकाशित

दाङ, २९ कात्तिक । करेन्ट लागेर दाङमा आज एक व्यक्तिको मृत्यु भएको छ । मानपुर–७ निमुवा निवासी ५९ वर्षीय टोपबहादुर केसी मानपुरमा बाख्रालाई घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

केसीले लमही–तुलसीपुरको हाइटेन्सननजिकै जिगटको घाँस काट्ने क्रममा करेन्ट लागेको र उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया