माइक्रोबस दुर्घटनामा तीनको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २८ गते ११:५४ मा प्रकाशित

Rss_Images_1447490633896_SG_Myagdi Microbus Accident 1बाबियाचौर (म्याग्दी), २८ कात्तिक । बेनी नगरपालिका–१३ देवीनडाँडामा आज माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनाका साथै बीस जना घाइते भएका छन् ।

बरङ्जादेखि सदरमुकाम बेनी आउँदै गरेको ग १ ख ५३६६ नंको माइक्रोबस दुर्घटना हुँदा बेनी–१३ का नौ वर्षीय सुनिल थापा र छ वर्षीय दिप्जल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हिरा थापाले बताउनुभयो ।

मृतक अन्दाजी १६ वर्षीया एक युवतीको पहिचान खुल्न सकेको छैन । उनीहरुको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बीसमध्ये चालक बेनी–४ खबराका रामकृष्ण सापकोटा सहित सात जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।

तेह्र जनाको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ । माइक्रोबस खसेको ठाउँको सडक साँघुरो छ ।

कुनामा रहेको पहिरोमा बसलाई ठोक्किीनबाट बचाउन खोज्दा डिलबाट माइक्रोबस खसेको हाम फालेर दुर्घटनाबाट बचेका यात्रु दलबहादुर फगामीले बताउनुभयो । बिहान करिब ९.३० बजे दुर्घटना भएको थियो ।

प्रतिक्रिया