नेकको द्यौसी भैलो उत्साहप्रद

इनेप्लिज २०७२ कार्तिक २८ गते १:२० मा प्रकाशित

DSC02478नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र(नेक)ले यस बर्ष आयोजना गरेको द्यौसी भैलो कार्यक्रमको दोश्रो दिन हिजो गोबद्र्धन पूजाको साँझ स्थानीय हर्नडनको सामुदायिक भवनमा सम्पन्न गरेको छ ।

DSC02467नेकले फेयर फ्याक्स नेप्लिज कम्युनिटी र पण्डित राजेन्द्र खनालको सहयोगमा यो कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा नेकका अध्यक्ष खिलेन्द्र न्यौपानेले पण्डित खनाल र कार्यक्रममा उपस्थित जेष्ठ सदस्य उद्धब कोइरालालाई नेकको लोगो अंकित टी सर्ट प्रदान गरेर सम्मान गर्नु भएको थियो । नेकलाई फ्युजन ब्याण्डका कलाकारहरु राजन अधिकारी आनन्दु लामा अंकुश नेपाललगायतको टोलीले सहयोग गरेको थियो ।

DSC02456

नेकले गत बर्षदेखि पशुपति बुद्ध मन्दिरलाई दिनको एक डलर दान स्वरुप प्रदान गर्ने अभियान शुरु गरेको. छ । यसमा नेपाली समुदायको निकै ठूलो संख्या सहभागी भइसकेको छ । हिजोको. द्यौसी भैलो कार्यक्रममा पनि डलर अ डे अन्तर्गतको सहयोग रकम जम्मा भएको थियो. । यसरी संकलन भएको नगत तथा चेक साथै प्रतिबद्धता जनाएकोसमेत हिसाब निकाल्दा ३ हजार ४ सय २३ डलर भएको नेकले जनाएको छ । कार्यक्रमको संयोजन परशु तिमल्सिनाले गर्नु भएको थियो । इनेप्लिज डट कम अनलाइन पत्रिकाले द्यौसीको सम्पूर्ण रिपोर्टिङ्ग तयार गरेको थियो ।

DSC02410 यस बर्षको द्यौसी नोभेम्बर ११ बुधबारदेखि शुरु गरेको थियो । बुधबार गरेको हो । बुधबारको कार्यक्रम नेकका बरिष्ठ उपाध्यक्ष प्रेम संग्रौला,बोर्ड अफ ट्रष्टि रामचन्द्र खरेल,सचिब मधु भण्डारी र पब्लिसीबटी डाइरेक्टर परशु तिमिल्सिनाले गर्नु भएको थियो । 

DSC02370

नेकले यस बर्ष भर्जिनिया र मेरिल्याण्डमा विभिन्न स्थान समुदायसँग मिलेर द्यौसी भैलो आयोजना गर्दै आएको छ ।

नेपाली मौलिक चार्ड पर्ब रितिरिवाजको अनुशरण, संस्कृतिको जगेर्ना, संरक्षण र हस्तान्तान्तरण गर्ने उद्धेश्यले द्यौसी भैलो, तिजको बर्त पूजा नृत्यजस्ता कार्यक्रम आयोजन ागर्ने गरेको नेकले जनाएको छ ।

DSC02385

तस्बिर :बिष्णु शितल 

 

प्रतिक्रिया