सत्र पोका लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

इनेप्लिज २०७२ कार्तिक २५ गते ५:०६ मा प्रकाशित

Browan-sugarतुलसीपुर (दाङ), २५ कात्तिक । लागुऔषध ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले गएराति तुलसीपुर नगरपालिका वडा नं १२ कपडादेवीबाट दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका वडा नं १२ का १९ वर्षीय राजन विक, तुलसीपुर नगरपालिका वडा नं ८ दुधेनाका २४ वर्षीय शिशिर काफ्ले रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुबाट ठूलो र सानो गरी १७ पोका ब्राउन सुगर, रु एक लाख ४५ हजार नगद, नौ थान मोबाइल सेटसमेत बरामद गरिएको श्रेष्ठले बताउनु भयो ।

पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया