गोरखामा ‘नयाँ शक्ति’ गठन

इनेप्लिज २०७२ कार्तिक २४ गते ९:३७ मा प्रकाशित

naya-shakti-baburam-bhattaraiगोरखा, २४ कात्तिक । नयाँ शक्ति निर्माण अभियानमा जुट्नुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सघाउन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा नयाँ शक्ति गठन भएको छ ।

आज भएका छुट्टाछुट्टै भेलाले गोवर्धन श्रेष्ठको संयोजकत्वमा गोरखा नगरसमिति र अशोक देवकोटाको संयोजकत्वमा पालुङटार नगरसमिति गठन गरिएको हो । गोरखा नगर समितिमा १५१ सदस्य छन् । पालुङटार नगरसमितिमा ५१ जना सदस्य रहेको नयाँ शक्ति अभियानका गोरखास्थित नेता रमेश पोखरेलले बताउनुभयो ।

त्यस्तै, पालुङटारमा १३५ सदस्यीय नयाँ शक्ति अभियान टोलीसमेत गठन भएको छ । दुर्गानारायण श्रेष्ठको अध्यक्षतामा भएको भेलामा केन्द्रीय अभियन्ता महेन्द्र श्रेष्ठ, जिल्लाका अगुवा रमेश पोखरेललगायतको उपस्थिति थियो ।

त्यस्तै गोरखा नगरपालिकाको भेलामा केन्द्रीय अभियन्ता रमेश सिग्देल, जिल्ला नेता ज्ञानेन्द्र कुमाललगायतको सहभागितामा नयाँ शक्ति गठन गरिएको हो । गाउँगाउँमा भेला निरन्तर रहने र नयाँ शक्ति अभियानलाई निरन्तरता दिइने पोखरेलले बताउनुभएको छ ।

प्रतिक्रिया