सफाइ अभियन्ता महर्जनद्वय सम्मानित

इनेप्लिज २०७२ कार्तिक २२ गते ४:३२ मा प्रकाशित

इलाम, २२ कात्तिक । पाँच वर्षदेखि निरन्तर सरसफाइ अभियानमा सक्रिय रहनुभएका काठमाडौँ, कीर्तिपुरका राजमान महर्जन र सुशीला महर्जनलाई शनिबार यहाँ आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।

इलाम नगरपालिका, हरित नगर महिला समूह र इलाम उद्योग वाणिज्य सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले उहाँहरुलाई सम्मानपत्र, दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

सरसफाइ अभियन्ता राजमानले इलाममा पोलिथिनमुक्त जिल्ला प्रयोग नहुने र सार्वजनिकस्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाइएकाले सहरलाई सफा राख्न सहयोग पुगेकामा खुसी व्यक्त गनुभयो ।

सफाइ नियमित काम जस्तै निरन्तर गरेमात्र सम्भव हुने बताउँदै उहाँहरूले गत कात्तिक १० गतेदेखि इलामबाट सुरु भएको सफाइ अभियान विश्वभर फैलाउने घोषणासमेत गर्नुभयो ।

प्रतिक्रिया