वन क्षेत्र अतिक्रमण गरी घर निर्माण गर्न खोज्ने चारजना प्रहरीको नियन्त्रणमा

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:५३ मा प्रकाशित

परासी, २१ कात्तिक । नवलपरासीमा वन क्षेत्र अतिक्रमण गरी घर निर्माण गर्न खोज्ने चार जनालाई जिल्ला वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ ।

चारै जनालाई दुम्किबास–५ दाउन्ने बजारको पूर्वतर्फको सडक छेउमा वन अतिक्रमण गर्दै पक्की घर बनाउने क्रममा वन रक्षकको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकामा दुम्किबास–८ का ४० वर्षीय ज्ञानबहादुर मस्र्याङ्गीमगर, २० वर्षीय जगतबहादुर ढेंगामगर दुम्किबास–७ का ४३ वर्षीय बेलबहादुर ढेंगामगर र १८ वर्षीय रुमबहादुर थापामगर रहेका छन् ।

अतिक्रमणमा संलग्न भएका सबै जनालाई पक्राउ पुर्जी जारी गरिने र उनीहरुलाई वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारबाही अगाडि बढाइने कार्यालयले जनाएको छ ।

पक्राउ परेकाले भने आफूहरु दैनिक ज्यालामा घर निर्माण काममा आएको बताएका छन् ।

प्रतिक्रिया