परीक्षाफल प्रकाशित

इनेप्लिज २०७२ कार्तिक १७ गते १२:२४ मा प्रकाशित

काठमाडौँ, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ/फागुनमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०७०) को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।

प्रतिक्रिया