डाडाजोर महोत्सव सकियो

इनेप्लिज २०७२ कार्तिक ११ गते १:४९ मा प्रकाशित

परासी, ११ कात्तिक । नवलपरासीको दुम्कीबास गाविसको डाडाजोरमा कोज्रागत पूर्णिमाका अवसर पारी सुरु भएको दुई दिने डाडाजोर मेला सकिएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विनयी ढिकमा रहेको मणि खम्बादेवी मन्दिरको पारिपट्टिमा लागेको मेलामा लोपोन्मुख कलासंस्कृति प्रदर्शन गरिएको थियो । मेलामा लोप हुन लागेको मारुनी नाच, सराये नाच मेलाको विशेष आकर्षणका रुपमा रहेको थियो । विगत १५ वर्षदेखि रोकिएको सो मेला स्थानीयवासीको सक्रियतामा पुनः सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया