बायोग्यास प्लान्टबाट उर्जा प्राप्त

इनेप्लिज २०७२ कार्तिक ९ गते १:४३ मा प्रकाशित

biogasदाङ, ९ कात्तिक । यहाँको मासु बधशालालाई व्यवस्थित गर्न बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।

दाङको तुलसीपुरस्थित मासु बधशालामा हुने फोहर व्यवस्थापनलाई सहज गरिनुका साथै बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको तुलसीपुर नगरपालिकाले जनाएको छ ।

फोहरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्र काठमाडौँको रु १० लाख र जिल्ला पशु कार्यालय दाङको रु एक लाख सहयोगमा बायोग्यास प्लान्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

बायोग्यास प्लान्ट निर्माणसँगै बधशालामा पशुबधबाट उत्पादन हुने फोहरको व्यवस्थापनका साथै त्यसबाट उत्पादन भएको ग्यासले करिब २० घरपरिवारलाई बाल्न पुग्ने उर्जा प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

‘पैँतीस घनमिटरको बायोग्यास निर्माण भएको र अब केही दिनमा नै पाइपलाइन विस्तार गरी बायोग्यास सञ्चालनमा ल्याउने तयारी भएको नगरपालिकाका सहरीशासन विज्ञ गोविन्द बस्नेतले जानकारी दिनुभयो । हाल भने सामूहिक रुपमा मासुमार्केटमा पाँचवटा चुला निर्माण हुने बताइएको छ ।

बायोग्यास प्लान्ट निर्माणसँगै पसुहरु बध गरी खोलामा मल फाल्ने कार्य रोकिनुका साथै नगरपालिकालाई बायो प्लान्ट बिक्रीबाट आर्थिक लाभ पनि हुने छ ।

प्रतिक्रिया