काठमाडौँ उपत्यकाको जनजीवन सामान्य

इनेप्लिज २०७२ कार्तिक ५ गते १३:२९ मा प्रकाशित

काठमाडौँ, ५ कात्तिक । विगत चाड पर्वका समयमा काठमाडौँ उपत्यकामा विभिन्न किसिमका घटना हुने गरे पनि यसपालिको बडादसैँमा कुनै किसिमका अप्रिय घटना भएका छैनन् ।

विजयादशमीका दिन आज उपत्यकामा अहिलेसम्म कुनै घटना नभएको र जनजीवन सामान्य रहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।सम्भावित घटनालाई ध्यानमा राखी सडकमा निगरानी बढाइएकाले यस पटक सडक र नगरको सामान्य अवस्था रहेको महाशाखाका प्रवक्ता राजेन्द्र भट्टले राससलाई जानकारी दिनुभयो ।

अघिल्लो दसैँमा मादक पदार्थ सेवन गरी लापर्वाहीपूर्वक सवारी साधन चलाउने र दुर्घटनामा परी केहीको ज्यानै जानेसमम्का घटना भए पनि यस पटक त्यस्ता घटना भएको छैन । पेट्रोलियम पदार्थका अभावले उपत्यकामा कम सवारी साधन चलेकाले पनि सडकमा कुनै समस्या नरहेको प्रहरीको भनाइ छ ।
यसैबीच उपत्यकाका सडकमा कम सवारीसाधन चले पनि मान्यजनकामा टीका लगाई आशीर्वाद थाप्न जानेको चहलपहल निकै बाक्लो देखिएको छ । सर्वसाधारण फाट्टफुट्ट सार्वजनिक साधन र केही सङ्ख्यामा चलेका निजी सवारी साधनमा र कतिपय पैदल यात्रा गरेर पनि गन्तव्यतर्फ लागेका देखिन्थे ।

प्रतिक्रिया