दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:५७ मा प्रकाशित

accident-signलहान, ५ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित अयोध्यानगर कसहाको गागन पुल नजिक आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका–४ का सागर दाहाल र लहान नगरपालिका–१० का सचित खड्का रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार दुर्घटनामा घाइते भएका दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भर्ना गरेलगत्तै मृत्यु भएको हो ।

पश्चिमबाट लहानतिर आउँदै गरेको स ४ प ४७३६ नंको मोटरसाइकलमा सवार रहेका दुवै गागन पुल पार गर्नेबित्तिकै मोटरसाइकल अनियन्त्रित भएर लडेपछि गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया