उत्कृष्ट सहकारीलाई कम्प्युटर प्रदान

इनेप्लिज २०७२ कार्तिक २ गते २:२७ मा प्रकाशित

computerभीमदत्तनगर, २ कात्तिक । सुुदूरपश्चिम क्षेत्रका ग्रामीण समुदायमा क्रियाशील १० वटा सहकारी संस्थालाई कम्प्युटर प्रदान गरिएको छ ।

दुई वर्षदेखि वित्तीय सेवा र जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको सफल परियोजनामार्फत सहकारी संस्थाहरुलाई आइतबार डडेल्धुरा सदरमुकाममा कम्प्युटर प्रदान गरिएको हो ।

समृद्ध पहाड र स्थानीय गैरसरकारी संस्था एकीकृत विकास समाज डडेल्धुरामार्फत सञ्चालित सफल परियोजनाले सुदूरपश्चिममा रहेका झन्डै दुई हजार सहकारीमध्ये उत्कृष्ट काम गरिरहेका १० वटा सहकारीलार्ई छनोट गरी कम्प्युटर वितरण गरिएको जनाएको छ ।

बाजुराका दुई, डोटीको एक, अछामका चार र डडेल्धुराका तीन गरी जम्मा १० वटा सहकारीलाई कम्प्युटर वितरण गरिएको हो । सहकारी संस्थाका सेयर सदस्य, आर्थिक वृद्धिदर, वित्तीय अवस्था, चुस्त दुरुस्त तथा सहकारीको असुली दर, उपयुक्त भवन भएको तथा कम्प्युटर चलाउन सक्ने कम्तीमा एकजना कर्मचारीको आधारमा १० वटा सहकारी छनोट भएको सफल परियोजनाका जिल्ला संयोजक तर्कराज जोशीले बताउनुभयो ।

एकीकृत विकास समाजकी कार्यकारी निर्देशक पद्मा गुरुङको सभापतित्वमा सम्पन्न कम्प्युटर वितरण कार्यक्रममा बोल्दै डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सहकारी संस्थाले आर्थिक विकासका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया