परिणाममुखी र सार्थक वार्ता हुनुपर्नेमा मोर्चाको जोड

इनेप्लिज २०७२ कार्तिक १ गते १५:१४ मा प्रकाशित

काठमाडौँ, १ कात्तिक । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताका लागि पठाएको पत्रमाथि जवाफ दिँदै आगामी दिनमा परिणाममुखी र सार्थक वार्ता हुनुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि शनिबार मोर्चामा आबद्ध दलका अध्यक्षलाई पत्र पठाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गर्नुभएको थियो । मोर्चाले तत्काल आन्दोलन रोक्न भने असम्भव रहेको जनाएको छ ।

मोर्चामा रहेका सङ्घीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका नेताहरूको आजको बैठकले आगामी दिनमा परिणाममुखी र सार्थक वार्ता हुने विश्वास व्यक्त गरेको हो ।

विगतमा तीन दल र सरकारबाट स्पष्ट सोच नभएको, आन्दोलनप्रति बेवास्ता गरिएका कारण वार्ता सफल नभएको मोर्चाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संविधानप्रति असन्तुष्ट मोर्चाको आन्दोलनका कारण भारतीय सीमा क्षेत्रमा अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति असहज भइरहेको छ ।

प्रतिक्रिया