बैतडीमा छ सय ७६ घरेलु उद्योग दर्ता

इनेप्लिज २०७२ असोज ३० गते ३:०२ मा प्रकाशित

बैतडी, ३० असोज । आव २०७१/०७२ मा बैतडीमा ६७६ घरेलु तथा साना उद्योग दर्र्ता भएका छन् ।

ती उद्योगमा कृषिजन्य उद्योग बढी रहेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बैतडीका प्रमुख उद्योग अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा होजीयारी, छालाजुत्ता, तरकारी, कुखुरापालन, मौरीपालन, पशुपालनका साथै हातेकागज, साबुन बनाउनेलगायतका स्थानीय स्रोत साधनको उपयोग गर्ने खालका उद्योग सञ्चालनमा रहेका छन् ।”

जिल्लामा सञ्चालित उद्योगको विकासका लागि घरेलु तथा साना उद्योग विकास समितिले उद्यमीलाई बेलाबेलामा तालिम दिने गरेको उहाँले बताउनुभयो ।

त्यस्ता उद्योग सञ्चालनका लागि ६७ जना उद्यमी रहेका छन् भने दुई हजार ४२३ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया