ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

इनेप्लिज २०७२ असोज ३० गते ३:०० मा प्रकाशित

रामपुर (पाल्पा), ३० असोज । पाल्पाको रामपुरबाट बाकामलाङतर्फ जाँदै गरेको मालबाहक ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–३ स्याउलीबजारमा शुक्रबार साँझ ८ बजे रामपुरबाट माल लिएर बाकामलाङतर्फ जाँदै गरेको लु३च १५९४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा नवलपरासी जिल्ला रकुवा गाविस–१ बस्ने ३८ वर्षका डिलबहादुर विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी केलादीका प्रहरी सहायक निरीक्षक हरिबहादुर रानाले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया