माओवादीको विद्रोही लडाकुहुँदै सभामुखमा निर्वाचित भएपछि ओनसरी घर्तीले के भनिन् ?

इनेप्लिज २०७२ असोज २९ गते १७:४२ मा प्रकाशित
Joj:yflksf ;+;bdf z'qmaf/ ePsf] ;efd'v kbsf] lgjf{rgdf PsLs[t g]skf -dfcf]jfbLsf_sf ;ef;b cf]g;/L 3tL{ lgjf{lrt ePkl5 clejfbg ug'{x'Fb}, ;fydf k|wfgdGqL s]kL zdf{ cf]nL nufot cGo ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ, २९ असोज । नवनिर्वाचित सभामुख ओनसरी घर्तीले सभामुख र उपसभामुखमा निर्विरोध निर्वाचन हुनुले दल एक भएर नेपाललाई विजयी बनाउने सन्देश दिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले यो निर्वाचन नेपाली जनताको सात दशक लामो सङ्घर्षको विजयको प्रतिबिम्बका रुपमा आफूले लिएको बताउनुभयो । घर्तीले भन्नुभयो, “विजयको यो सन्देशलाई आफ्नो क्षमताले भ्याएसम्म सन्तुलित भूमिका निर्वाह गरेर देखाउनेछु । संविधानको कार्यान्वयनका क्रममा दल एक हुनुपर्ने र मुलुकलाई समृद्ध बनाउनुपर्ने पनि उहाँले बताउनुभयो । यस्तै, नवनिर्वाचित उपसभामुख गङ्गाप्रसाद यादवले आफूहरुको विजय समावेशीकरणको उत्कृष्ट नमुना बनेको बताउनुभयो । उहाँहरुको आइतबार सपथ ग्रहण हुनेछ । रासस

प्रतिक्रिया