भूकम्पले भत्किएको विद्यालय भवन पुनःनिर्माण

इनेप्लिज २०७२ असोज २९ गते १:५६ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २९ असोज । भूकम्पले भत्किएको म्याग्दीको मराङ गाविसस्थित राम्चे प्राथमिक विद्यालयको भवन पुनःनिर्माण गरिएको छ ।

असल छिमेकी नेपालद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर दुईकोठे भवन पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न परियोजनाले रु एक लाख २५ हजार सहयोग गरेको थियो ।

स्थानीयवासीले रु ९० हजार बराबरको श्रमदान गरेर भवन पुनःनिर्माण गरेका परियोजनाका संयोजक टुपेन्द्र खुलालले जानकारी दिनुभयो । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा ४० जना अध्ययनरत छन् ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार भूकम्पका कारण म्याग्दीका ९७ वटा विद्यालयका ७२ वटा कक्षाकोठा पूर्ण, ६४ कक्षाकोठा मध्यम र २१९ वटा कोठामा सामान्य क्षति पुगेको थियो ।

यस वर्ष म्याग्दीमा भूकम्पबाट सामान्य क्षति पुगेका ६४ वटा विद्यालय भवन मर्मत गर्न रु ६४ लाख र अधिक क्षति पुगेको २५ वटा भवन मर्मतका लागि रु ६२ लाख ५० हजार स्वीकृत भएको जानकारी जिल्ला शिक्षा कार्यालयका कार्यक्रम अधिकृत दलबहादुर थापाले दिनुभयो ।

प्रतिक्रिया