एनआरएन अध्यक्षमा रतन झाको उम्मेदवारी फिर्ता, शेष घलेलाई समर्थन

इनेप्लिज २०७२ असोज २८ गते १०:०८ मा प्रकाशित

krishna-bahadur-mahara_20150105101812

काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष पदका उम्मेदवार रतन झाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उम्मेदवारी फिर्ता लिदै उहाँले अध्यक्ष पदका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष शेष घलेलाई समर्थन गर्नुभएको छ । एनआरएनमा एकता र समझदारी कायम राख्न नेतृत्व निर्विरोध चयन गर्नुपर्ने भन्दै पूर्व अध्यक्षहरुको पहलमा झाले उम्मेदवारी फिर्ता लिँदै घलेलाई समर्थन गर्नुभएको हो ।

झाले उम्मेदवारी फिर्ता गरेपनि अर्का दाबेदार टीबी कार्कीले भने उम्मेदवारी फिर्ताको प्रस्ताव अस्वीकार गर्नुभएको छ । पूर्व अध्यक्षहरुले घलेलाई नै निर्विरोध चयन गर्नुपर्ने भन्दै झा र कार्कीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

उम्मेदवारी फिर्ता लिँदै झाले देशको वर्तमान परिस्थिति र एनआरएनमा एकता कायम गर्नका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । अब अध्यक्ष पदमा घले र कार्कीबीच प्रतिष्पर्धा हुने भएको छ । मतदान दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया