बालबालिकालाई लत्ताकपडा वितरण

इनेप्लिज २०७२ असोज २१ गते २:५३ मा प्रकाशित

पथरी (मोरङ), २१ असोज । मोरङको उर्लाबारी–२ का समाजसेवी सुवास अधिकारीका परिवारले नमुना बालगृह उर्लाबारीका बालबालिकालाई लत्ताकपडा वितरण गरेको छ ।

चाडपर्वमा त्यहाँ आश्रित बालबालिकाले नयाँ लुगा लगाउन भनेर ४० बालबालिकालाई आश्रममै बुधबार एक कार्यक्रमको आयोजना गरी लत्ताकपडा वितरण गरिएको हो । सुवासकी ९६ वर्षीया हजुरआमा नर्वदादेवी अधिकारीले उक्त कपडा आश्रमकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया