बुधबार, मंसिर १० २०७७
काठमाडौं १९:४४
वासिङटन डिसी 08:59

कक्षा १२ को परीक्षाफल प्रकाशित

इनेप्लिज २०७२ असोज २० गते १४:०५ मा प्रकाशित

HSEBभक्तपुर, २० असोज । उच्च माध्यामिक शिक्षा परिषद्ले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायका गरी परीक्षामा नियमिततर्फ एक लाख ६१ हजार ४५८ परीक्षार्थी सहभागी भएकामा ६४ हजार ५६७ जना अर्थात् ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताउनुभयो ।

त्यसैगरी आंशिकतर्फ एक लाख २९ हजार ८०० परीक्षार्थीले परीक्षा दिएकामा ४१ हजार ९२६ अर्थात ३२.५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नियमितर्फ दुई जना र आंशिकतर्फ ११ को परीक्षाफल स्थगित गरिएको छ भने नियमिततर्फ १२१ जना र अंशिकतर्फ १०८ को नतिजा स्थगित गरिएको छ ।

परिषद्ले एक विषयमा अनुत्तीर्ण हुने परीक्षार्थीका लागि आगामी कात्तिक २१ शनिबार मौका परीक्षाको व्यवस्था गरेको छ ।

प्रतिक्रिया