नयाँ संविधानमाथि तुषारापात हुन नदिन ऐक्यबद्ध हुनुपर्ने: गगन थापा

इनेप्लिज २०७२ असोज १४ गते १५:३७ मा प्रकाशित

Gagan-Thapaविराटनगर, १४ असोज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले राष्ट्रको धरोहरको रुपमा रहेको नयाँ संविधानमाथि तुषारापात हुन नदिन सबैलाई ऐक्यबद्ध हुन आग्रह गर्नु भएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको आन्तरिक विवादलाई वार्ताद्वारा छलफल गरी संसद्बाट संशोधन गर्न सकिने हुँदा संसद्बाट सीमाङ्कनको विषयमा आयोगमार्फत टुङ्गो लगाउनुपर्ने सुझाव दिनु भयो ।

उहाँले तीन दल र संयुक्त मधेसी मोर्चाबीच वार्ताको राम्रो वातावरण बनेको उल्लेख गर्दै वार्तालाई सफल बनाउनका लागि दुवै पक्षलाई दबाब दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सार्वभौमराष्ट्रमाथि अघोषित नाकाबन्दी गरेर भारतले आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै यसलाई परास्त गर्नका लागि ऐक्यबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले प्रजातान्त्रिक मुलुकमा प्रतिपक्ष बलियो हुनुपर्ने उल्लेख गर्दै नेपाली काँग्रेस वा नेकपा (एमाले)मध्ये एक पार्टी सरकारमा जानुपर्ने र अर्को प्रतिपक्षमा बस्नुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया