रुखमा झुन्डिएर आत्महत्या

इनेप्लिज २०७२ असोज १४ गते ३:०७ मा प्रकाशित

susideसप्तरी, १४ असोज । सप्तरीको पकरी गाविसमा आज बिहान रुखमा झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस– २ निवासी श्यामकुमार सरदारकी ४० वर्षीया श्रीमती कमलीदेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमलीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेकोे प्रहरीले बताएको छ ।

प्रतिक्रिया