निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ उपलब्ध नहुने

इनेप्लिज २०७२ असोज १३ गते १५:४६ मा प्रकाशित

petrolकाठमाडौँ, १३ असोज । गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ ।

गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको सहभागिता रहेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।

बैठकपछि रासससँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आयल निगमसँग भएको इन्धनको मौज्दातलाई ध्यानमा राखेर त्यस्तो निर्णय लिनुपरेको जानकारी दिनुभयो । यो निर्णयमाथि तीन दिनपछि पुनर्विचार हुने बताइएको छ । सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर÷बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइनेछ ।

भोलिदेखि विद्यालयले पेट्रोलियम पदार्थ नपाउने भएपछि देशभरका विद्यालय र विश्वविद्यालयका पठनपाठन प्रभावित हुने भएको छ ।

प्रतिक्रिया