विद्यालयलाई खेल सामग्री वितरण

इनेप्लिज २०७२ असोज १३ गते ५:०२ मा प्रकाशित

पाँचथर, १३ असोज । जिल्लाको फिदिम नगरपालिकास्थित जनकल्याण मावि लालिखर्कलाई खेल सामग्री वितरण गरिएको छ ।

शिक्षासेवी राधाकृष्ण न्यौपानेको सक्रियतामा सो विद्यालयलाई भलिबल, नेट लगायतका खेल सामग्री वितरण गरिएको हो । खेलकुद सचिव मातृकाप्रसाद दाहालले खेलाडीको चाहनाअनुसार अब फुटबल, चेस, डोरी नाघ्ने खेलको सामग्री (स्किटिङ) ज्याबलिङ पनि तत्काल दिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग खेलकुदको विषयमा छलफल गरिएको र खेलमैदान विस्तार र निर्माणका लागि मन्त्रालयमा पहल गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया