केबुल टेलिभिजनलाई कारबाही नगर्न आग्रह

इनेप्लिज २०७२ असोज १३ गते ४:५९ मा प्रकाशित

काठमाडौँ, १३ असोज । युवा सङ्घ नेपालले भारतीय च्यानलको प्रसारण रोक लगाउन विभिन्न केबुल संस्थाले गरेको निर्णय उपर्युक्त भएको जनाएको छ ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले आज जारी गर्नुभएको विज्ञप्तिमा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर असहज स्थिति उत्पन्न गराएको सन्दर्भमा नेपाल केवल टेलिभिजन महासङ्घ, डिस होम प्रालि, सिम्पल मिडिया प्रालिलगायत संस्थालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेकामा त्यसको विरोध पनि जनाइएको छ ।

प्रतिक्रिया