बैतडीलाई पूर्ण संस्थागत सुत्केरी बनाउने अभियान

इनेप्लिज २०७२ असोज १३ गते २:४७ मा प्रकाशित

बैतडी, १३ असोज । बैतडीलाई २०७४ सालभित्र पूर्ण संस्थागत सुत्केरी (जिरो होम डेलिभरी) जिल्ला बनाउने अभियानअन्तर्गत अहिले विभिन्न गाविस तथा वडालाई सो घोषणा गर्ने कार्य सुरु भएको छ ।

कार्यक्रमअन्तर्गत मङ्गलबार ‘पूर्ण संस्थागत सुत्केरी हाम्रो ऐक्यबद्धता, यसलाई निरन्तरता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको उदयदेव गाविसका पाँचवटा वडालाई पूर्र्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । एक वर्षयता गाविसका वडा नं ३, ४, ५, ६ र ८ मा सम्पूर्ण गर्भवतीले स्वास्थ्य संस्थामा बच्चा जन्माएकाले ती वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र महताले बताउनुभयो ।

कुनै पनि महिलाले बच्चा जन्माउन नसकेकै कारण मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यसहित जिल्लाभरि सो अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । बैतडीको कुलाउ गाविसलाई दुई वर्षपहिला नै पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको थियो ।

प्रतिक्रिया