दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.६ रिक्टर स्केलको भूकम्प

इनेप्लिज २०७२ असोज १२ गते १२:३० मा प्रकाशित

vukampaकाठमाडौँ, १२ असोज । दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प आज दिउँसो ३.१२ मिनेटमा दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो ।

“गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प गएको हो, हिमालय क्षेत्रमा यस्ता सानातिना भूकम्प गइरहन्छन्”– प्रमुख अधिकारीले भन्नुभयो ।

यसैबीच सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ४ दशमलव ६ रिक्टरको पराकम्प ४ः३९ मिनेटमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलमाथि हालसम्म ३९७ वटा परकम्प गएका छन् ।

प्रतिक्रिया