हिन्दी टेलिभिजन च्यानल बन्द

इनेप्लिज २०७२ असोज १२ गते १२:२८ मा प्रकाशित

Hindi-channel1काठमाडौँ, १२ असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसको विरोधमा आज बिहान १० बजेदेखि नेपालमा हिन्दी टेलिभिजन च्यानल बन्द भएका छन् ।

नेपाल केबुल टेलिभिजन सङ्घ र नेपाल केबुल टेलिभिजनको सोमबार बसेको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको थियो । नेकपा माओवादीले भारतले नेपालमाथि हस्तक्षेप गरेको जनाई हिन्दी चलचित्र र च्यानल बन्द गर्न दबाब दिएपछि सुरक्षाका लागि अनिश्चितकालीन बन्द गरिएको सङ्घका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो ।

यता केही चलचित्रघर सञ्चालक हिन्दी चलचित्रको प्रदर्शन रोक्न सहमत देखिएका छन् । गोपीकृष्ण मुभिजले आजदेखि लागु हुने गरी हिन्दी चलचित्रको प्रदर्शन बन्द गर्ने जनाइसकेको छ । नेपाल चलचित्र सङ्घका प्रथम उपाध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ भने हिन्दी चलचित्रको प्रदर्शन नगर्ने कुरा आधाकारिक रुपमा नआए पनि स्वतःस्फूर्त रुपमा हिन्दी चलचित्रका लागि चलचित्र घर बन्द भएको बताउनुहुन्छ ।

प्रतिक्रिया