उपस्वास्थ्य चौकी भवन निर्माणका लागि चार रोपनी जग्गा प्रदान

इनेप्लिज २०७२ असोज १२ गते ४:५१ मा प्रकाशित

रामपुर (पाल्पा), १२ असोज । उपस्वास्थ्य चौकी भवन निर्माणका लागि फोक्सिङकोट निवासी सन्तवीर सिंजालीले चार रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर पूर्वमा पर्ने गाविसमा भवन निर्माण गरी यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिन जग्गा उपलब्ध गराएको सिंजालीले बताउनुभयो ।

उपस्वास्थ्य चौकीको नयाँ भवन निर्माणको लागि कम्तीमा चार रोपनी जग्गा हुनुपर्ने, सडक, विद्युत्, खानेपानी तथा पायकपर्ने स्थान हुनुपर्ने प्रावधान रहेको छ ।

स्वास्थ्य सेवामा पहुँच पु¥याउन र जनतालाई सानोतिनो समस्या परे अन्यत्र उपचारका लागि लैजाँदा यस क्षेत्रका जनताले ठूलो समस्या भोग्दै आइरहेका छन् ।

जीर्ण भवनबाट सेवा लिन र दिन पनि गाह्रो भएका बेला गाउँमा स्वास्थ्य चौकी निर्माणको प्रक्रिया सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।

जग्गा दाताले गाविस तथा स्वास्थ्य चौकीको निर्णयअनुसार उपस्वास्थ्य चौकीको नाममा जग्गा नामसारी गरिसकेको उपस्वास्थ्य चौकीका इन्चार्ज अक्कलबहादुर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया