प्रहरीको मिलेमतोमा घटना गुपचुप

इनेप्लिज २०७२ असोज ११ गते २३:०९ मा प्रकाशित

10917031_910862465669666_4719577505482820015_nअसोज ११ गते

पथरी
मोटरसाइकको ठक्करबाट मृत्यु भएको मोरङको पथरीशनिचरे भुटानी शिविरको लमङ राईको घटनालाई इलाका प्रहरी कार्यालय पथरीले गुपचुप राखेको छ । इलाका प्रहरीकार्यालय पथरी प्रहरीले आर्थिक प्रलोभनमा परी घटना गुपचुप राख्दै आएको सोमबार पथरीबजारमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले आरोप लगाएका हो ।
घटना घटाउने पिडक परिवारबाट मोटो रकम लिएर घटनालाई इलाका प्रहरी कार्यालयको इस्पेक्टर रुद्र चुडालले दवाउँदै आएकोे मृर्तकको छोरा सुकमान राईले पत्रकार सम्मेलनमा बताए । मृर्तक राईलाई शिविर अगाडी पूर्वपश्चिम सडकमा गत चैतमा पूर्व जादै गरेको को २० प ३४२८ नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो । पथरी बजार जार्दै गरेको पैदल यात्री सेक्टर इ ३ ३५ नम्बरको ७२ बर्षीय लमङ राईको उपचारको क्रममा पथरी हस्पिटलमा मृत्यु भएको थियो ।

12019763_910862262336353_6032615723636209153_n
मोटरसाइकल सवार लेटाङ ३ खेरुवा बस्ने सनम तामाङ पनि उपचार पछि प्रहरीले भगाएका थिए । मोटरसाईकल सवार तामाङको सवारी चालक अनुमती पत्र नभएको र मोटर साईकलको बिलबुक मात्र रहेको प्रहरीलाई जानकारी गराएका थिए । सवारी चालक अनुमती पत्र नभए पछि प्रहरीको मिलेमतोमा तामाङलाई भगाएको पिडित परिवारले आरोप लगाएका छन् ।
दबापमा पक्राउ प्रहरीले पक्राउ गरेका सवारी चालक तामाङलाई प्रहरीले कसलाई थाहानै नदिई भगाएका थिए । कार्बाही चलानुको सट्टा उल्टै भगाए पछि मद्दा गहिरो बन्दै गएको हो । पिडितले सवारी चालक तामाङलाई पक्राउ गरी क्षतिपुर्ति दिलाई दिनु पर्यो भनेर इलाका प्रहरी कार्यालय पथरी जादा पिडित परिवारलाई इस्पेक्टर चुडालले त आफै गएर पक्रेरले । म एकजना पुलिस पठाईदिन्छु भनेर जवाफ दिन्थे । सवारी चालकको नाम र प्राथमीक स्वास्थ चौकी उर्लाबारी मगलबारे हस्पिटलमा पोष्टमाटम गरेको रिपोर्ट माग्दा पनि इस्पेक्टर चुडालले नदिने भन्दै यो केश ५० बर्ष सम्म लाग्ने धम्कीपुर्ण भाषाले हप्काउने मृर्तकको छोरो सुकमान राईले बताए ।

12046762_910862092336370_8558844539032284474_n
प्रहरी र पिडकले इन्सुरेन्सको पैसा पछि आउँछ अहिले जिल्ला प्रहरी कार्यालयमा गएर मिला पत्र गरुम भनेर भने पछि आफु नमानेको राईले पत्रकारहरु माझ बताए ।
घटना पछि न्यूरो हस्पिटल विराटनगर र पथरी हस्पिटलमा १ महिना २७ दिन राखियो । २७ दिनकै पथरी हस्पिटलमा मृत्यु भएको थियो,उपचारमा कति खर्च लाग्यो त्यो थाहा भएना तर प्रहरी र पिडक परिवारले ९ लाख लागेको हामीलाई विल देखाएको थियो । पैसा कस्तो थियो त्यो मैले देखिन छोरो सुकमानले बताए । उता पत्रकारहरुको जिज्ञासामा इस्पेक्टरले उपचारमा ७ लाख लागेको र २ लाख अन्य खर्च लागेको बताएका थिए ।
पत्रकारहरुको टोलीले दुर्घटनाको मुद्दाबारेमा सोध्न भनेर जादा केही कुरा बताउनु नमिल्ने इस्पेक्टर रुद्र चुडालले बताए । मोटर साइकलमा सवार अथवा दुर्घटना गराउने व्यक्तिको नाम सोध्दा पनि आफुलाई थाहा नभएको इस्पेक्टर चुडालले बताए । प्रहरीले दिन नमाने पछि अन्तमा गएर दुर्घटना गराउने मान्छेको नाम र ठेगाना पथरी हस्पिटलबाट लिएका थिए ।
मृत्यु पछिको पटक पटक क्षतिपूर्तिको माग गर्दै आए पनि प्रहरीले गाली गलौज गरेर र्फकाईदिने गरेको मृर्तक राईको छोरा सुकमान राईले बताए । उनिहरु विरुद्ध घटना हुदा एक पटक र मृत्यु भएपछि एक पटक गरेर दुईपटक ज्यान मुद्दाको उजुरी दिइसकेको पिडित परिवारले जनाएको छ ।

प्रतिक्रिया