पेट्रोलियम पदार्थ बोकेको एकसय बीस ट्याङ्कर भारतमा अलपत्र

इनेप्लिज २०७२ असोज ११ गते ४:३९ मा प्रकाशित

Nakabandi-Nepal-India-650x325पथरी (मोरङ), ११ असोज । भारतीय भन्सारले जाँच पास नगर्दा पेट्रोलियम पदार्थ बोकेका १२० वटा ट्याङ्कर तीन दिनदेखि जोगवनी नाकामा रोकिएका छन् ।

भारतको वरौनीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करलाई भारतीय पक्षले रोकेपछि १४ लाख ६० हजार लिटर डिजेल तथा पाँच लाख ८४ हजार लिटर पेट्रोल बोकेका ट्याङ्कर जोगवनी नाकामा रोकिएको नेपाल आयाल निगम क्षेत्रीय कार्यालय विराटनगरका सहायक प्रबन्धक वासुदेव भण्डारीले जानकारी दिनुभयो ।

पूर्वाञ्चलमा दैनिक चार लाख लिटर डिजेल तथा तीन लाख लिटर पेट्रोल खपत हुने गरेको छ । पेट्रोलियम पदार्थ मौज्दातका लागि निगममा प्रभावकारी व्यवस्था नभएकाले मौज्दातमा समस्या भएको कार्यालयले जनाएको छ ।

भारतीय भन्सारमा थन्किएर बसेका ट्याङकरलाई भारतीय भन्सारले जाँच पास नगर्दा नेपाल भित्रिन नपाउँदा पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले पूर्वाञ्चल डिपोमा पेट्रोलियम पदार्थको मौज्दात सकिएको जनाएको छ ।

सीमा क्षेत्रमा भारतीय पक्षबाट भन्सार जाँच पास नगर्दा मालसामान बोकेका झन्डै दुई हजार ट्रक र अन्य सवारी भारतीय बजार जोगवनीमा अलपत्र परेको विराटनगर भन्सार कार्यलयले जनाएको छ ।

प्रतिक्रिया