छुट्टाछुट्टै घटनामा परी दुईको मृत्यु

इनेप्लिज २०७२ असोज ११ गते ४:३७ मा प्रकाशित

accident-signसप्तरी, ११ असोज । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सीतापुर गाविसमा करेन्ट लागेर एक जना वृद्धाको मृत्यु भएको छ भने कञ्चनरुप नगरपालिकामा विष खाएर एक युवकले आत्महत्या गरेका छन् ।

सप्तरीको सीतापुर गाविस–५ का ५५ वर्षीय रामनारायण चौधरीले धान खेतमा कम गरिरहेको अवस्थामा पानी तान्ने मोटरमा छुन जाँदा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो । यस्तै कञ्चनरुप नगरपालिकामा विषादी खाएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी २७ वर्षीय अर्जुन साह रहेको प्रहरीले जनाएको छ । साहले घरायसी वादविवादका कारण थामेट नामक विषादी खाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुवै जनाको शवलाई स्वास्थ्य परीक्षणको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया