संविधान घोषणा भएकोमा डेनमार्कको बधाई

इनेप्लिज २०७२ असोज ११ गते ४:२८ मा प्रकाशित

Rss_Images_1443413366221_scb-ktm-meetsन्युयोर्क (अमेरिका), ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र डेनमार्कको विदेशमन्त्री क्रिस्टियाना जेन्सनबीच आज यहाँ भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको भवनमा भएका सो भेटवार्तामा दुईपक्षीय सम्बन्ध, विकास कार्यमा सहयोग र समसामयिक विषयमा छलफल भएको थियो ।

नेपालको सामाजिक, आर्थिक विकास तथा मानवअधिकारका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका डेनमार्कसँग आगामी दिनमा पुर्‍याउन सकिने सहयोग र पारस्परिक हितका बारेमा पनि सो अवसरमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री पाण्डेले नेपालको इतिहासमा संविधानसभाबाट पहिलोपटक संविधान जारी भएको र योसँगै अब शान्ति, स्थिरता र विकासको बाटोमा मुलुक अघि बढ्ने बताउनुभयो ।

“लोकतान्त्रिक तवरबाट संविधान जारी भएकोमा डेनमार्कले बधाई दिएको छ, र खुसी पनि प्रकट गरेको छ, नेपालले विकास कार्यमा गरेको प्रतिबद्धताअनुरुप सयहोग दिने वचन पनि दोहो¥याएको छ,” भेटवार्ता पछि मन्त्री पाण्डेले भन्नुभयो ।

सो अवसरमा नेपालका तर्फबाट भूकम्पका बेला डेनमार्कबाट भएको सहयोगका लागि धन्यवाद दिइएको थियो । साथै नेपालको हित विपरीत कुनै सामाजिक संस्थाले काम नगरुन् भन्नेबारेमा पनि छलफल भएको बताइएको छ ।

भेटवार्तामा परराष्ट्र मन्त्रालय कायममुकाम सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया