लामो समयदेखि बन्द विद्यालय सञ्चालनमा

इनेप्लिज २०७२ असोज १० गते १४:२८ मा प्रकाशित

school2परासी, १० असोज । लामो समयदेखि बन्द सदरमुकाम परासी र दक्षिणी क्षेत्रका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका छन् ।

नयाँ संविधान र प्रादेशिक सीमाङ्कनप्रति असहमति जनाउँदै आन्दोलनरत मधेसी थरुहट संयुक्त मोर्चा नवलपरासीले आजदेखि विद्यालय र बजार सुचारु गर्न दिने निर्णय गरेअनुसार विद्यालय सञ्चालनमा आएका हुन् ।

उद्योग वाणिज्य सङ्घको पटकपटकको आग्रह र प्याब्सनसहित विभिन्न शैक्षिक संस्थाको पहलको प्रत्युत्तरमा विद्यालय र पसल व्यवसाय सञ्चालन गर्न दिन मोर्चा सहमत भएको हो ।

आज बिहान ६ देखि १० बजेसम्म विद्यालय खुले भने आजै अपराह्न ५ देखि साँझ ८ बजेसम्म बजार पनि खुल्न दिने मोर्चाले जनाएको छ । बन्दका कारण करिब ५० दिनदेखि लगातार रुपमा परासीसहित जिल्लाका दक्षिणी क्षेत्रका निजी तथा सरकारी विद्यालयहरु बन्द हुँदै आएका थिए ।

प्रतिक्रिया