करेन्ट लागेर बालकको मृत्यु

इनेप्लिज २०७२ असोज १० गते १४:२१ मा प्रकाशित

ElectricalSafety-300x254सप्तरी, १० असोज । सप्तरीको कुशहा गाविसमा शनिबार साँझ करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कुशाहा गाविस–५ निवासी १२ वर्षीया श्यामकुमार पासवान रहेको प्रहरीले जनाएको छ ।

श्यामले खैल्ने क्रममा घर नजिकै रहेको नाङ्गो तारमा छुन जाँदा अचानक करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेको बालकको उपचारका लागि धरान लगिँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया