पश्मिम नाका निर्बाध सञ्चालनमा

इनेप्लिज २०७२ असोज १० गते ४:०३ मा प्रकाशित

भीमदत्तनगर, १० असोज । भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमा ढुवानी गर्न नदिइरहेका बेला पश्चिमी क्षेत्रका नाकामा भने कुनै अवरोध छैन ।

भारतसँग सीमा जोडिएका कञ्चनपुरको गड्डाचौकी, बैतडीमा झुलाघाट र दार्चुला नाकामा कुनै अवरोध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । हालसम्म कुनै खाले समस्या नभएको प्रजिअ लीलाधर अधिकारीले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया