बसको ठक्करबाट बालकको मृत्यु

इनेप्लिज २०७२ असोज ९ गते १२:०६ मा प्रकाशित

accident-signतनहुँ ९ असोज । बसको ठक्करबाट आज तनहुँमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको श्याम्घा गाविस–८ का १२ वर्षीय सन्तोष कमर रहेका छन् ।

श्याम्घाबाट सदरमुकाम दमौलीतर्फ जाँदै गरेको ध १ ख ९५ नम्बरको यात्रुवाहक बसले श्याम्घा–८ स्थित गहतेमा ठक्कर दिँदा कमर गम्भीर घाइते भएका थिए । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया