शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०८:४०
वासिङटन डिसी 21:55

घरदैलो अभियानबाट सङ्कलित रकमले विद्यालयको फर्निचर निर्माण

इनेप्लिज २०७२ असोज ९ गते ३:५७ मा प्रकाशित

गुल्मी, ९ असोज । गुल्मीको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा चन्दा सङ्कलनबाट फर्निचर निर्माण गरिएको छ ।

विद्यालयको आर्थिक अवस्था कमजोरले पर्याप्त मात्रमा डेक्स र बेन्च किन्न नभएका कारण पठनपाठन गराउन समस्या र असहजता भएपछि विद्यालयले गाउँ टोलमा घरदैलो चन्दा सङ्कलन अभियान सञ्चालन गरेको हो ।
सो क्रममा सङ्कलन भएको रु एक लाख, ४७ हजार, ९६० आर्थिक सहयोगबाट ६० सेट फर्निचर निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले जानकारी दिनुभयो ।

उहाँले सङ्कलित आर्थिक सहयोगबाट पठनपाठनमा केही सहजता आएको बताउनुभयो ।

प्रतिक्रिया