संविधानमा हकअधिकारका लागि आन्दोलन: राजेन्द्र महतो

इनेप्लिज २०७२ असोज ८ गते १४:०३ मा प्रकाशित

rajendra mahatoविराटनगर, ८ असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानमा मधेसीको हकअधिकारका लागि आन्दोलन भइरहेको बताउनुभएको छ ।

विराटनगरको महावीरचोकमा आज संयुक्त मधेसी मोर्चाद्वारा आयोजित सभामा बोल्दै उहाँले जबसम्म मधेसीको माग पूरा हुँदैन तबसम्म आन्दोलन जारी रहनेछ भन्नुभयो । उहाँले आन्दोलन संविधानमा अधिकारका लागि भइरहेको र यो कुनै वर्ग समुदायको विरुद्ध नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले विगतमा भएका सम्झौता अनुरुप मधेसका भू–भाग रहेका झापा, मोरङ र सुनसरीलाई मधेसकै प्रदेशमै राख्नुपर्ने जिकिर गर्नुभयो । उहाँले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप पनि लगाउनुभयो ।

सो अवसरमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादवले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया