अवैध काठ, पटाका र कपडा बरामद

इनेप्लिज २०७२ असोज ८ गते ५:०२ मा प्रकाशित

रौतहट, ८ असोज । चन्द्रपुर नगरपालिका–७ स्थित जुडिबेलाबाट अवैध रुपमा चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा गएराति प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ८१ थान सालको ८८ क्यूबिक चिरान काठ ना१च ८८०३ नम्बरको पिकअप भ्यानमा राखी सर्लाहीतर्फ लैजाने क्रममा विशेष सुराकीको आधारमा बागमतीबाट पक्राउ गरिएको हो ।

यसैगरी प्रहरीले गएराति नै बन्दको मौका छोपी काठमाडौँ लैजान लागेको अवैध पटाका तथा कपडासमेत बरामद गरेको छ ।

करिब रु एक लाख बराबरको पटाका तथा रु एक लाख २५ हजार बराबरको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया